त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल – Nepalboli

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

   २०८१ असार १४, शुक्रबार  

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा कुन्दन अर्याल नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषदको बिहीबार बसेको बैठकले डा अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय रहनुभएका अर्यालले आज आफूले नियुक्तिपत्र लिएको बताउनुभयो ।

यसअघि सो विभागको प्रमुखमा प्रा चिरञ्जीवी खनाल हुनुहुन्थ्यो । उहाँपछि प्रा प्रवलराज पोखरेल विभागको प्रमुख हुनुहुन्थ्यो । पोखरेल अनिवार्य अवकाश पाउनुभएपछि डा अर्याललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि पत्रकारिता केन्द्रीय विभागको पठन पाठन रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गबाट हुँदैआएको थियो । अहिले सो विभाग बल्खुस्थित त्रिवि परिसरमा आफ्नै नयाँ भवनमा सरेको छ । डा अर्यालले शुक्रबारदेखि औपचारिक जिम्मेवारी लिनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै