कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन – Nepalboli

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

   २०८१ असार १४, शुक्रबार  

काठमाडौँ महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने बताएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ ।

असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ । असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै