अखिलमा माधव नेपाल पक्षले बनायो समानान्तर कमिटी
सबै संगठनमा समानान्तर कमिटी बनाएको नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ। मंगलबार राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको समूहले सुदेश पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनाएको हो।
समानान्तर अखिलको सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन भएका छन्।
माधव नेपाल समूहले यसअघि अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि समानान्तर कमिटी बनाइसकेको छ।