टी २० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार
युवा तथा खेलकुद मन्त्रालयले टी २० विश्वकप क्रिकेट प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ। अमेरिकामा जारी टी २० विश्वकप अन्तर्गत नेपाली टोलीले प्रतिस्पर्धा गर्ने प्रत्येक खेलको प्रत्यक्ष प्रसारण गर्न मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो।
सम्बन्धित स्थानीय तहमा उपलब्ध स्रोत र साधनमार्फत् उपयुक्त स्थानमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने खेलको प्रत्यक्ष प्रसारण गरी खेलाडीको हौसला बढाउनुपर्ने मन्त्रालयको जोड छ।
नवौँ संस्करणको आईसीसी टी २० विश्वकपमा समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच आज भिडन्त हुने भएको छ।
नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ। एक दशकपछि नेपाल टी २० विश्वकप खेल्न लागेको हो।