नक्कली नोट छाप्ने ४ गिरोह पक्राउ
नक्कली नोट बनाउने गिरोह र नक्कली नोट बनाउने सामग्रीसहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार चितवन काभ्रे र सिन्धुपाल्चोकबाट ४ जनालाई पक्राउ गरिएको हो ।
सुरुमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर घर भएका २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई चितवनबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनीहरु भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान गर्न खोज्दा पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान गर्दै जाँदा अन्य दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका छन् ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप दुई थान, कार्ड रिडर एक थान, प्रिन्टर (फोटोकपी मेसिन) दुई थान, हार्डडिक्स एक थान बरामद गरिएको छ । राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो ।
यस्तै मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर एक थान, नक्कलीनोट छाप्नका लागि प्रयोग भएको फोटोकपी पेपर पाना २४, एउटा एफोर पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर एक थान बरामद गरिएको प्रहरी उपरीक्षक दनुवार पनि मोबाइल पसलबाटै पक्राउ परेका हुन् ।
म्याद थप गरी पक्राउ परेकामाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।