क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा – Nepalboli

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

   ९ जेष्ठ २०८१, बुधबार  

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनी विश्वकप खेल्न अमेरिका जान लागेका थिए । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै