शक्ति प्रर्दशनको तयारी स्वरुप राष्टिय मुक्ति क्रान्ति अभियानद्धारा प्रशिक्षण तथा अन्तक्रिया – Nepalboli

शक्ति प्रर्दशनको तयारी स्वरुप राष्टिय मुक्ति क्रान्ति अभियानद्धारा प्रशिक्षण तथा अन्तक्रिया

   २०८१ जेष्ठ ७, सोमबार  

राष्टिय मुक्ति क्रान्ति अभियानले गर्ने शक्ति प्रर्दशनको तयारी स्वरुप बाग्लुुगको दोरपाटनमा तयारी बैठक स्वरुप प्रशिक्षण तथा अन्तक्रिया गरेका छन । पुर्वमन्त्री गोविन्द चौधरी र ओम प्रकाश यादव गुल्जारीको उपस्थितीमा भएको प्रशिक्षण बैठकमा स्थानिय नेताहरु तथा अगुवा कार्यकर्ताहरुको सहभागी थिए ।

बाग्लुुगको बुर्तिबाडमा अभियानले आउदो २९ गते आमसभा गर्ने कार्यक्रम राखेका छन ।

यस्तै अभियानको पुर्वीय कमाण्डको संयोजनमा सुनसरीको धरानमा समेत अभियानले प्रशिक्षण कार्यक्रम गरेका छन । अभियानका नेता संतोष मेहता र सनल लिम्बुको उपस्थितीमा धरानमा भएको कार्यक्रममा पुर्व क्षेत्रमा मोर्चाले गर्ने शक्ति प्रर्दशनहरु तथा आमसभाहरुको वारेमा छलफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै