कांग्रेसले चुकाउने मूल्य आउने चुनावमा देखिन्छ- प्रधानमन्त्री – Nepalboli

कांग्रेसले चुकाउने मूल्य आउने चुनावमा देखिन्छ- प्रधानमन्त्री

   २०८१ जेष्ठ ७, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले चुकाउने मूल्य आउने चुनावमा देखिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनलाई पत्रकाहरूले सोधेका थिए, ‘ कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हो ? तपाईंले के भन्न खोज्नुभएको हो ?’

प्रश्नको सन्दर्भ थियो, प्रतिनिधि सभा बैठकका विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले दिएको चेतावनी । उनले भनेका थिए, ‘नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्ने छ । आजको तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुने छ, कलंकको रुपमा ।’

आफ्नो चेतावनीलाई उनले चुनावसँग जोडेका हुन् । त्यस्तै उनले आवश्यक परे १०/१२ वटा विश्वासको मत लिने बताए । ‘नेपालको मात्रै होइन । विश्वकै रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०/१२ वटा विश्वासको मत लिन्छु’, उनले भने ।

सोमबार उनले चौथो पटक विश्वासको मत लिएका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै