प्रतिपक्षी दलको नारावाजीको बिच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत, पक्षमा १५७ – Nepalboli

प्रतिपक्षी दलको नारावाजीको बिच प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत, पक्षमा १५७

   २०८१ जेष्ठ ७, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद बैठकमा नारावाजी जारी राखे पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुभएको थियो । कांग्रेस सांसदले सहकारी विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै विरोध गरिरहेको छ । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिनुभएको हो । सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिन भित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ ।

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि चैत ६ गते, चैत २६ गते, पुस ३० गते विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले मत दिनुभयो । त्यसैगरी विश्वासको मतको विपक्षमा नेपाली काँग्रेस, राप्रपा, जसपा, लोसपा लगायत दल उभिनुभयो । तर उहाँहरुले मतदान गर्नु भएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै