अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित दल जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सरकारका स्वास्थ्य मन्त्री समेत रहेका सांसद प्रदीप यादवले जानकारी दिए ।
‘दलको बैठकले दुईवटा प्रस्ताव पारित गरेको छ । एउटा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अर्को ह्विप जारी गर्ने’, उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन रहेपनि दलको निर्णयलाई असर गर्दै ।’