राष्टिय मुक्ति क्रान्ति अभियानको प्रशिक्षण तथा अन्तक्रिया आज चार जिल्लामा हुदै – Nepalboli

राष्टिय मुक्ति क्रान्ति अभियानको प्रशिक्षण तथा अन्तक्रिया आज चार जिल्लामा हुदै

   २०८१ जेष्ठ ७, सोमबार  

दोस्रो चरणको कार्यक्रम अन्र्तगत घोषणा गरिएका एक सय एक कार्यक्रम मध्य राष्टिय मुक्ति क्रान्ति अभियानको आज चार जिल्लामा प्रशिक्षण तथा अन्तक्रिया हुदैछन । नेता राजेन्द्र महतो नेतृत्वको यो अभियानले गएको शनिवार दोस्रो चरणको कार्यकम घोषणा गर्दै देश्व्यापी प्रशिक्षण, अन्तक्रिया तथा शक्ति प्रर्दशन गर्ने कार्यक्रम गर्ने जनाएको थियो ।

जस अनुसार आज सुनसरीको धरान, पश्चिम रुकुमको खलगा, काठमाडौको टोखामा अन्तक्रिया गरिदै छ भने सिन्धुलीको मरिनछापमा प्रशिक्षण कार्यकम गरिदै छ ।

यस अघि हिजो पनि पुर्वी रुकुम, सिन्धुली र काठमाडौको दुुई ठाउमा अभियानले कार्यकम गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै