टिओआरमा लचक भई दिन लामछानले सत्तासहकार्यको प्रस्ताव गरेको काँग्रेसका महामन्त्री थापाको दाबी – Nepalboli

टिओआरमा लचक भई दिन लामछानले सत्तासहकार्यको प्रस्ताव गरेको काँग्रेसका महामन्त्री थापाको दाबी

   २०८१ जेष्ठ ६, आईतवार  

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाले ‘डेमोक्रेटिक अलायन्स’को प्रस्ताव गरेको दाबी गरेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै थापाले रवि लामिछानेका अभिन्न मित्रले त्यस्तो प्रस्ताव ल्याएको बताए । नाम भने उनले खुलाएनन् ।

थापाले त्यस्तो प्रस्ताव लामिछानेको नागरिकता र पासपोर्टको विवाद निस्किएका बेलामा पनि आएको खुलाएका छन् । महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद‍्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भएको टिप्पणी गरेका छन् । उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद‍्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले भने,‘गृह मन्त्रालय भनेको त ठुलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृह मन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो ।’

महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै