राजेन्द्र महतोले देशव्यापी संवाद तथा शक्क्रि प्रर्दशन गर्दै, असार ४ गते काठमाडौमा पुन प्रर्दशन
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको कार्यक्रम अन्गर्तत देशव्यापी रुपमा छलफल, प्रशिक्षण तथा संवाद कार्यक्रम गर्ने भएका छन । अर्को हप्ता देखि सुुरु हुने कार्यक्रममा पुर्व देखि पश्चिम सम्मको ४४ ओटा जिल्लामा संवाद तथा प्रशिक्षण कार्यक्रम तथा ९ ठाउमा शक्ति प्रर्दशन गर्ने कार्यक्रम बनाएका छन ।
कार्यक्रमको स्वरुप तीन दिने मधेश विशेष भेला विहिवार देखि काठमाडौमा जारी छ। राष्ट्रिय मुक्ति क्रान्ति उपत्यका विशेष व्युरो इन्चार्ज रविन्द्र श्रेष्ठले पहिलो चरणको सफल आन्दोलन पश्चात अब आफूहरु दोस्रो चरणको कार्यक्रमको तयारीमा जुटेको बताए।
अभियानले तयार पारेको कार्यक्रम अनुसार बाग्लुगको बुर्तीमाड, दाडको घोराही, सर्लाहीको लालबन्दी, महोत्तरीको बर्दीबास, सुनसरीको धरान, मोरडको विराटनगर, पाचथरको फिदिम र सिन्धुलीको दुधौलीमा शक्क्रि प्रर्दशन गर्ने कार्यक्रम बनाएका छन । यी सबै शक्ति प्रर्दशन अगडी छेउछाउका सबै जिल्लाहरुमा संवाद तथा प्रशिक्षण कार्यक्रम राखिएको छ । र यी सबै कार्यक्रम पछि असार ४ गते अभियानले काठमाडौको माइतीघर मण्डलामा विषेश प्रर्दशन गर्ने जनाएको छ ।