बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनाव – Nepalboli

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनाव

   १० चैत्र २०७७, मंगलवार  

कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट सडकमा हिँडिरहेकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको छ ।

बसको ठक्करबाट युवतीको मृत्युपछि लम्की क्षेत्र तनावग्रस्त बनेको  छ । स्थानीय प्रदर्शनमा उत्रिएपछि तनाव भएको हो । प्रहरीले गोली चलाउँदा ७ जना घाइते भएका छन् ।

प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरी ५ जना र प्रदर्शनकारी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । घाइतेको अवस्था सनमान्य रहेको थापाले बताए ।

घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन्  । स्थानीयले इलाका प्रहरी कार्यालय लम्की घेराउ गरेका थिए । उनीहरुलाई तितरबितर बनाउन हवाई फाइर गरेको  प्रहरी निरीक्षक थापाको भनाइ छ ।

थापाका अनुसार प्रहरीले  केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका१ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै