प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र रास्पा अध्यक्ष रविबीच छलफल
संसद्को अवरोधबारे निकास खोज्न सत्तारुढ प्रमुख दलका शीर्ष नेता छलफल गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच सिंहदरबारमा आज छलफल भएको हो ।
सङ्घीय संसद्को बजेट अधिवेशनको शुरुमै प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेपछि सरकार दबाबमा परेका सत्तारुढ दलका नेताको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । तर गृहमन्त्री लामिछाने समेत जोडिएको भनिएको सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति नबनाएसम्म संसद्को अवरोध कायमै राख्ने कांग्रेसले अडान लिएपछि प्रचण्ड र ओलीले रविसँगै छलफल गरेका हुन् ।