रंगशालामा मेला हेर्न गएका बालक १० दिनदेखि बेपत्ता

हुम्लाका एक बालक सुर्खेतबाट बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका १४ वर्षीय राजु विक सुर्खेतको रंगशालाबाट चैत १ गतेदेखि बेपत्ता भएका हुन् ।
मोबाइल बनाउने तालिम लिन भन्दै हुम्लाबाट केहीदिन अगाडि सुर्खेत आएका विक सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विक जानकारी दिएका छन् ।
दाजु राजेन्द्रका अनुसार सुर्खेतमा हरेक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न उनी १ गते सुर्खेत रंगशाला पुगेका थिए । त्यहाँबाट घर फिर्ता पनि नआएको र सम्पर्कमा पनि नआएको उनका दाजु राजेन्द्रले बताए ।
उनले भाइको खोजी गरिदिन माग गरी प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएका छन् ।
विक सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए ।