‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसनमार्फत कलाकार छनौट

दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रीमेक बन्ने बिषयले नेपाली फिल्म क्षेत्र राम्रै तातेको छ । फिल्मका लागि कलाकार छनौट गर्ने उदेश्यले हालै एभरेस्ट फिल्म एकेडमीमा अडिसन गरिएको थियो । करिब ८०० सहभागी अडिसनबाट कलाकार छनौट समेत गरिएको निर्देशक विशाल सापकोटाले बताए ।
‘केही दिनमा अव फिल्मका फाइनल कलाकार सार्वजनिक गर्नेछौ’ निर्देशक सापकोटाले भने ‘कलाकार सार्वजनिक गरेपछि, वर्कसप समेत गरिनेछ ।’ दक्षिण भारतीय फिल्मबाट राइट लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म युवा फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो । यसले ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र यु.एस.एमा वितरण र ‘सफर’ निर्माण गरेको थियो ।