दुई न्यायाधीशलाई बर्खास्त गर्ने न्यायपरिषद्को सिफारिस, एक जनालाई सचेत

न्यायपरिषद बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । यस्तै अर्का एक न्यायाधीशलाई परिषद्ले सचेत गराएको छ। न्यायपरिषद सचिवालयका प्रवक्ता मान बहादुर कार्कीले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गरिएको जानकारी दिए ।
यस्तै जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्तीका लागि सिफारिस भएको छ ।
यसैगरी तुलसीपुर उच्च अदालतकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने निर्णय भएको उनले बताए । उनीहरुमाथि खराब आचरण र कार्यक्षमताको अभाव रहेको आरोप लगाइएको छ ।