जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।
महराले आइतबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।