राष्ट्रपति पौडेल गृह जिल्ला जाँदै – Nepalboli

राष्ट्रपति पौडेल गृह जिल्ला जाँदै

   २०८० चैत्र २३, शुक्रबार  

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जादैछन् । भिमाद बजारको जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल तनहुँ जान लागेका हुन् ।

पौडेलले त्यहाँ क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहान ११ बजे पौडेल तनहुँ पुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेल चौथो पटक गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै