राजेन्द्र महतोको चौथौ घुम्ती : मधेश देखि पहाड सम्म जोडेर राष्ट्रिय मुक्ति क्रान्ति
नेता राजेन्द्र महतोलाई यती वेला भ्याई नभ्याई छ । बुधवार हेटौडामा जनप्रर्दशन गरेर अवेर राती काठमाडौ आईपुुगेका महतो विहवार दिनभर जसो बैठक तथा छलफलमा देखिए । आउदो शनिवार काठमाडौमा पुन गर्न लागेको शक्क्ति प्रर्दशनको तयारी तथा छलफलमा देखिएका महतो थकित देखिन्थे तर पनि स सना समहुहरुको छलफल दिनभरी नै चलीरहेको देखियो । वेलुकी हाम्रो भेटमा उनले भने, हिजो (वुधवार) विहानै काठमाडौवाट हेटौडा गएर जनप्रर्दशनमा सहभागी भएर पुन फर्कदा केहि थकित महसुस भईरहेको छ, यद्यपी शनिवार काठमाडौमा जनप्रर्दशन छ, त्यसको तयारीमा छौ ।
गएको १६ फागुनमा महतोको नेतृत्वमै काठमाडौमा जनप्रर्दशन भएको थियो । त्यस यता उनी जनकपुर, मलंगवा र हेटौडामा समेत शक्क्ति प्रर्दशन गरे छन । प्रशिक्षण त उनले काठमाडौ हुदै पुर्वको मेची देखि पश्चिम महाकाली सम्म प्रशिक्षण गरेका छन । हामीले महतोलाई सोध्यौ, आखिर यो सबै पुन किन ? उनको जवाफ थियो, एकिकृत आन्दोलन गर्न । कस्तो एकिकृत आन्देलन ? उनले पुन जवाफ फर्काए, मधेश देखि पहाड सम्मका सबै सिमान्तकृत भनौ वा अधिकारवाट बन्चित समुदाय एक भएर आन्दोलनमा जाने । आन्दोलन किन ? उनले पुन जवाफ दिए, संविधान मै त्रुटी छ नि, त्यसको साथै सबैको पहिचान र अधिकारको संवैद्यानिक ग्यारेन्टी हुनुपर्यो अनि व्यहवारमा त्यो लागु हुन पर्यो ।
महतोल यसो भनेको अहिले आएर होईन तर उनको गतिविधी पहिला भन्द्या भिन्न छन अहिले । अहिले उनी पहाड र हिमालका आदवासी जनजाती देखि सिमान्तकृत समुदायसंग वढी उठबसमा छन । काठमाडौमा उनी वढी समय नेवार समुदायका अगुवाहरु संग राजनिती कुरा गरेर रणनिती बनाईरहेको देखिन्छ । पछिल्लो समयमा उनले चलाईरहेको अभियानलाइ राष्ट्रिय मुक्ति क्रान्ति भनेका छन ।
कुनै वेला बेला मधेशको मुद्धामा सबै भन्दा कटर तथा अडिग रहेको नेताको पहिचान बनाएका महतोको छबी पहाड विरोधी पनि थिए । तर पछिलो समयमा उनले त्यसलाई गलत सावित गरेका छन ।
तात्कालिन सदभावना पार्टीका संसथापक स्व गजेन्द्रनारायण सिहको सामिप्यताले राजिनतीमा आएका महतो सिह बाचुन्ज्ेल उनक नेतृत्वको सदभावना पार्टीवाट राजनिती गरे । गजेन्द्र नाायण सिहको निधन पछि पार्टी छिन्न भिन्न हुन थालेपछि उनले आफनै नेतृत्वमा सदभावना पार्टी गठन गरे । तेसो मधेश आन्दोलन पश्चात मधेशमा एकिरणको राजनिती प्रारम्भ गरे र राजपा दखि जसपा बनाउन सम्ममा जुटी रहे ।
जसपा लामो समय सम्म एकिकत रह्न सकेन र महतो सहितको सहभागीतामा लोसपा गठन भयो । तर लोसपा राम्रो संग संचालन हने वातावरण नदेखे पछि महतो छुटै राष्ट्रिय मुक्ति क्रान्तिको अभियान संचाललनमा लागे । यसरी आफनो राजनितीक जिवनको उतराद्र्धमा महतो आफनो चौथौ धुम्तीमा आईपुुगेको देखिन्छ । जसको मुख्य ध्येय मधेश देखि पहाड सम्मलाई जोडर एकिकृत आन्दोलन गर्ने उदेश्य छन ।
महतोको चार राजनितीक घुम्ती-
पहिलो घुम्ती- गजेन्द्रनारायण सिंहको सामिप्यताले सदभावनाको राजनिती
राजेन्द्र महतो काठमाडौ उच्चशिक्षा सकाएर व्यापार तिर ढल्कै गर्दा सदभावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंह सग भेटे । त्यही भेटले उनलाई राजनितीमा तान्यो । अन्नतह उनी मधेश र देशका एक चर्चीत नेतामा कहलीन थाले । सिह बाचुन्जेल उनी उनकै नेतृत्वको तात्कलिन सदभावना पार्टीमा रहेर विभिन्न जिम्मेवारीमा रह्दै राजनिती अगाडी वढाए ।
सिहको निधन संगै सदभावना पार्टी छिन्न भिन्न हुन पुुगे ।
दोस्रो घुम्ती- आफनै नेतृत्वमा सदभावना
गजेन्द्र नारायण सिहका निधन पछि छिन्न भिन्न हुन पुुगेका सदभावना र मधेशमा विकसित हुन थालेको मधेश आन्दोलको वातावरणमा महतोले आफना नेतृत्वमा सदभावना पार्टी गठन गरे । जसको अगुवाईमा गठन गरिएको थियो संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा । जुन मोर्चा दोस्रो मधेश आन्दोलन गर्यो । त्यही आन्दोलनले निर्वाचन क्षेत्रको सिट मधेशमा वढाउदै देशमा संविधानसभाको निर्वाचनमा भयो । पहिलो संविधानसभामा महतो नेतृत्वको सदभावना पार्टीले ९ सिट र दोस्रोमा ६सिट सहित उपस्थित रहे । दोस्रो सविधानसभाले नयां संविधान जारी गरिरह्दा पुन मधेशमा आन्दोलन भयो । जन आन्दोलनमा तात्कालिन सबै मधेशी पार्टीहरु पुन मधेशी मोर्चामा आबद्ध भएर एक साथ आन्दोलनमा गए ।
६ महिला लामो मधेश आन्द्योलन विना कुनै ठोस उपलब्धी समाप्त भयो ।
तेस्रो घुम्ती – राजपा देखि जपसा हुदै लोसपा सम्म
तेस्रो मधेश आन्दोलन विना कुुनै उपलब्धी समाप्त भए पछि मधेश दलहरुमा एकिकरणको होड चल्यो । जसको नेतृत्वमा पनि महतो देखिएका थिए । आफनो सदभावना पार्टी सहित तात्कालिन मधेशी मोर्चामा रहेका ६ दलहरु मिलेर उनले राजपा गठन गरे । जसन राजपा पछि उपेन्द्र यादव र बाबुराम भटराई संग एकिकरण गरेर जसपामा परिणत भयो ।
तर जसपा गठन भएको एक बर्षमै जसपा विभाजित हुने अवस्था सिर्जना भयो । महन्थ ठाकरको नेतृत्वमा जपिावाट अलग भएको समुहले लोसपा गठन गरे । जसको वरिष्ठ नेता थिए महतो ।
चौथौ घुम्ती- मधेश देखि पहाड सम्म जोडने राष्ट्रिय मुक्ति क्रान्ति
लोसपा आफ परित्याग गरेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुुरु गरेका छन । जुन अभियानले मधेश संगै पहाडका आदीवासी जनजाती सहित सबै सिमान्तकृत समुदायलाई एकिकृत गर्ने लक्ष्य राखेका छन । महताले यसलाई एकिकृत आन्द्योलनका संज्ञा दिने गर्छन । उनी भन्छन, मधेश र पहाडका अधिकार बन्चित समुदाय एक्ला एक्लै लडेर अधिकार पाउन नसक्ने अफनो निष्कर्ष रहेको र सबै मिलेर आन्दोलनमा उत्रिए यो सार्थक हुने उनको विश्वास छ । महतोले यो आज आएको नयां एजेन्डा नभएको पनि दावी गर्छन । जसपामा मैलै त्यही उदेश्यले नै एकिकरण गरेका थिए । मैलै जसपाको पहिलो बैठकमा यो लिखित प्रस्ताव नै राखेका थिए । तर त्याहा अघि वढेन । अहिले आएर त्यसलाई नै महतोले अघि वढाएका छन ।

