मन्त्रीहरुले अब हरेक दिन प्रधानमन्त्रीलाई आफ्नो कामको ब्रिफिङ गर्नुपर्ने – Nepalboli

मन्त्रीहरुले अब हरेक दिन प्रधानमन्त्रीलाई आफ्नो कामको ब्रिफिङ गर्नुपर्ने

   २०८० चैत्र २२, बिहीबार  

सरकारका मन्त्रीहरुले अब आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुराको जानकारी दिएका हुन् ।

उनले मन्त्रीहरुले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको उनले जानकारी दिए । उनले यसो गर्दा मन्त्री र कर्मचारीहरुलाई काम गर्न जागरुक बनाउने बताए ।

‘प्रत्येक दिन बेलुका दिनभरि गरेकामध्ये ठुलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ’ प्रधानमन्त्रीले बैठकमा भने, ‘यो निर्णयले सबै मन्त्रीलाई काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’

प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरुपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरुले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए । उनले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रुपमा प्रयास गर्नुपर्ने बताए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै