आउदो शनिवार काठमाडौमा जनप्रर्दशन गर्दै राजेन्द्र महतो – Nepalboli

आउदो शनिवार काठमाडौमा जनप्रर्दशन गर्दै राजेन्द्र महतो

   २०८० चैत्र २२, बिहीबार  

बुधवार हेटौडामा जनप्रर्दशन गरेका नेता राजेन्द्र महतो आउदो शनिवार काठमाडौमा पनि जनप्रर्दशन गर्ने भएको छ । महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले पछिल्लो समयमा चलाईरहेको अभियान अन्र्तगत काठमाडौको टुडीखेलमा नेवार, तमाड, थारु सहितका आदीवासी जनजातीहरुको समुहगत उपस्थितीमा प्रर्दशन गर्न लागेको छ ।

अभियानका नेता कौशल सिंहका अनुसार शनिवार सबै जाजजातीहरुको समुदायीगत उपस्थितीमा वृह्त प्रर्दशन राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गर्न लागेका छ । बुधवार हेटौडामा भएको प्रर्दशनले वागमती प्रदेशको नामाकरण परिर्वतन गरेर नेवा-ताम्सालिंग प्रदेश नामाकरण गर्न माग गरेका थिए ।

काठमाडौमा शनिवार हुने आन्दोलनले पनि बागमती प्रदेशको नामाकरण खारेजको माग अघि वढाउने र नेवा ताम्सालिंगको मागलाई अघि वढाउने अभियानले जनाएको छ । प्रर्दशनमा यो क्षेत्रमा रहेकम सबै जातजातीहरुो संस्कृति पहिचान झल्कने गरि प्रर्दशन गर्ने तयारी अभियानको छ ।

महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गएको १६ फागुनमा समेत काठमाडौमा प्रर्दशन गरेका थिए भने त्यस पछि जनकपुर र मलंगवामा पनि प्रर्दशन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै