काग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने – Nepalboli

काग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

   २०८० चैत्र २२, बिहीबार  

नेपाली कांग्रेसकाले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ। सभापति देउवा आफूनिकटका खड्का र सिंहलाई नै उम्मेदवार बनाउन लागेका हुन ।

इलाम २ मा उम्मेदवार सिफारिस भएकाहरूसँग बिहीबार बिहान सभापति देउवालगायत पदाधिकारीले निवास बूढानीलकण्ठमा छलफल गरेका थिए। त्यहाँ उपस्थित आकांक्षीहरूले आफूले नै चुनाव जित्ने दाबी पेस गरेका थिए। तर पार्टीले सर्वसम्मतिमा उम्मेदवार चयन गरेर एकढिक्का रहेको सन्देश दिनुपर्ने उनीहरूको भनाइ थियो।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतले इलाम २ मा पहिलो नम्बरमा सिफारिस भएका भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए। तर सभापति देउवा मानेनन्।

खड्का इलाम कांग्रेस सभापति हुन्। उनी २०७९ को चुनावमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै