श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ – Nepalboli

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

   २०८० चैत्र २२, बिहीबार  

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका कारण देब नरायणले खुकुरी प्रहार गर्दा मोमसरीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले देब नरायणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै