पक्राउ परेका गायक राजेश पायल राई छुटे – Nepalboli

पक्राउ परेका गायक राजेश पायल राई छुटे

   २०८० चैत्र २२, बिहीबार  

मदिरा सेवन गरेर टोलमा जथाभावी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राईलाई प्रहरीले छाडि दिएको छ । प्रहरीलाई समेत धम्की दिएपछि राईसहित ८ जना गएराति पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुलाई नयाँ वानेश्वर प्रहरी वृत्तमा राखिएको थियो । गायक राई सहित सबैलाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मध्यराती २ बजे तिर राईसहितको समूहलाई अनामनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै