बागमतीले पहिचान मागेको हो र, जनताले पो पहिचान खोजेका हुुन – राजेन्द्र महतो
राष्ट्रिय मुक्ति क्रान्ति अभियान का संयोजक राजेन्द्र महतोले देशचरका नागरिकहरुले पहिचान मागी रह्दा शासकहरु नदीनालालाई पहिचानको मानक बनाएर आन्दोलनलाई खल्ली उडाएको आरोप लगाएका छन । बुधवार हेटौडामा उनको अभियानले गरेको जनप्रर्दशनलाई सम्बोधन गर्दै महतोले बामती प्रदेशको नामाकरण प्रति प्रश्न उठाउदै यसको नाम पनि फेर्नुु पर्ने जिकिर गरे । बागमती नदीले काहा र कहिले पहिचान मागेका याहा थिए र, महतोले भने, याहाका जनताले त नेवा र ताम्सालिगं भन्ने आफनो पहिचान मागेका थिए । महतोले पुर्वमा पनि राई लिम्बुले पहिचान मागेको तर शासकहरुले कोशी नदीको पो पहिचान दिए । पहिचान र अधिकारको आन्दोलनसंग बर्षै देखि खेलवाड भईरहेको भन्दै महतोले अव देशभरका पहिचान र अधिकारवादीहरु एक ठाउहरुमा आएर अघि वढनु पर्ने बेला आएको बताए ।
हेटौडाको बुद्ध चोकवाट महतोका् नेतृत्वमा बुधवार दिउसो बागमती प्रदेशको नामाकरण खारेज हुनुपर्ने माग सहित जनप्रदर्शन भएको छ । प्रर्दशनमा तामाङ, च्योबाङ र नेवा समुदायका नागरिकहरु सहभागी थिए ।
प्रर्दशनकारीहरुले बागमती प्रदेशको नामाकरण परितर्वन गरेर ताम्सालिंग नेवा प्रदेश हुनु पर्ने नारा सहित बहुल राष्ट्रको माग गरेका थिए ।
महताको अगुवाईमा यो अभियानले फागुन १६ गते काठमाडौमा र त्यस पछि जनकपुर र मलंगवामा प्रर्दशन गरिएको थियो । साथै अभियानले पुर्वको मेची देखि कन्चनपुर सम्म प्रशिक्षण कार्यकम समेत गरेका छन ।
