हेटौडामा जसपावाट योगबहादुर ब्लोनको नेतृत्वमा पार्टी परित्याग गरेर राजेन्द्र महतोको अभियानमा सहभागी
बुधवार राष्ट्रिय मुक्ति क्रान्ति अभियानले हेटौमा गर्न लागेको जनप्रर्दशनमा सहभागी हुन जसपावाट एउटा समुहले पार्टी नै परित्याग गरेर सिरक भएका छन । जसपाका स्थानिय अगुवा नेता योगबहादुर ब्लोनको नेतृत्वमा झण्डै एक सय स्थानिय नेता तथा कार्यकर्ता जसपा परित्याग गरेर राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सामेल भएका छन ।
ब्लोनले राष्ट्रिय मुक्ति क्रान्तिका लागी भईरहेको अभियानहरु आफनो समर्थन रहेको र पार्टीले बहुल राष्ट निर्माणका लागी कुनै गतिविधी नगरेको भन्दै आजै वाट पार्टी परित्याग गरेको घोषणा प्रेस वक्तव्य जारी गरेर जनाएका छन ।
जसपाले ब्लोन सहित स्थानिय जनजाती समुहका नेताहरुले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको जनप्रर्दशनमा सहभागी नहुन निर्देशन दिएका थिए । निर्देशन अवद्दा गर्दै ब्लोन सहित स्थनिय नेता कार्यकर्ता पार्टी नै परित्याग गरेको घोषणा गरेका छन ।
