गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनी कांग्रेसबाट मुख्यमन्त्री थिए। पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन मुख्यमन्त्री बनेका उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुन बहुमत जुटाउनतिर नलागेर राजीमामा बुझाएका हुन्।