राजेन्द्र महतोको नेतृत्वमा आज हेटौडामा जनप्रदर्शन हुदै – Nepalboli

राजेन्द्र महतोको नेतृत्वमा आज हेटौडामा जनप्रदर्शन हुदै

   २०८० चैत्र २१, बुधबार  

राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाईरहेका नेता राजेन्द्र महतोले आज हेटौडामा जनप्रर्दशन गर्दै छन । हेटौडाको बुद्ध चोकवाट महतोका् नेतृत्वमा आज दिउसो जनप्रदर्शन हुने लागेको अभियानका नेता बुद्ध छिरिङ मोक्तानले जानकारि दिएका छन ।

मोक्तानले देशको उत्पीडित जातजातीहरुले अझै आफ्नो अधिकार नपाएको भन्दै त्यसका लागी आजको जनप्रर्दशन गर्न लागीएको बताएका छन ।

मोक्तानले पटकपटक तामाङ जातिहरुले आफ्नो अधिकार तथा पहिचानको लागी माग गर्दै आन्दोलन गरेपनि सफल नभएको बताए। त्यसैले तामसालिङ राज्य स्थापना को लागी शान्ति पुर्ण जनप्रदर्शन गर्न लागीएको उनले बताए ।

अभियानले नेपालमा तामाङ राष्ट्र , च्योबाङ राष्ट्र , नेवा राष्ट्र , चौधरी राष्ट्र जस्ता राष्ट्रहरु को रूपमा बहुल राष्ट्र रहेको बताउदै त्यसका लागी जनप्रदर्शन गर्न लागीएको बताए । जनप्रदर्शनमा प्रमुख वक्ता को रुपमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान राष्ट्रिय संयोजक राजेन्द्र महतो रहेका छन ।
महताको अगुवाईमा यो अभियानले फागुन १६ गते काठमाडौमा र त्यस पछि जनकपुर र मलंगवामा प्रर्दशन गरिएको थियो । साथै अभियानले पुर्वको मेची देखि कन्चनपुर सम्म प्रशिक्षण कार्यकम समेत गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै