सहरी विकास मन्त्री बुढा र काठमाडौंका प्रमुख शाहबिच छलफल – Nepalboli

सहरी विकास मन्त्री बुढा र काठमाडौंका प्रमुख शाहबिच छलफल

   २०८० चैत्र २०, मंगलवार  

सहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ। सहरी विकास मन्त्री बुढा र प्रमुख शाहबिच मंगलबार सिहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो।

तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने ढंगले बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि प्रस्ताव गर्नुभएको हो। प्रमुख शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै महानगरले केही वडावाट शून्य फोहोर कार्यक्रम सुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै