महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन बैठक आह्वान – Nepalboli

महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन बैठक आह्वान

   २०८० चैत्र १८, आईतवार  

प्रस्तावित महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनवाइ समितिको बैठक आह्वान गरिएको छ । बैठक सोमबार बिहान १०ः३० बजे बोलाइएको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिश गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन् ।

संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै