बालुवाटारमा शीर्ष तीन नेता बिच छलफल – Nepalboli

बालुवाटारमा शीर्ष तीन नेता बिच छलफल

   २०८० चैत्र १७, शनिबार  

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक जारी छ । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठक बोलाउनुभएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै, नेकपा (एमाले) अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयकको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै