दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति गठन – Nepalboli

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति गठन

   २०८० चैत्र १६, शुक्रबार  

गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

समितिको सदस्यमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् भने सदस्य सचिवमा गृहकै उपसचिव एकदेव अधिकारी छन् । प्रसाईंका दुईजना बडिगार्ड चैत ५ गते सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए ।

त्यसबारे छानबिन गर्न सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश दिएका थिए । साथै, गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिएको हतियारको तथ्यांक पठाउन निर्देशन दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै