नेपाल-भारतबीच विद्युत् आयात सम्झौता नविकरण – Nepalboli

नेपाल-भारतबीच विद्युत् आयात सम्झौता नविकरण

   २०८० चैत्र १५, बिहीबार  

नेपाल र भारतबीच विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता नविकरण भएको छ । भारतले वार्षिक रूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको हो ।

आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न नेपालले अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

ढल्केबर-मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारणलाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट आयात गर्न भारतले अनुमति दिएको हो ।

आन्तरिक माग पूरा गर्नका लागि नेपालले भारतबाट करिब ६०० मेगावाट आयात गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै