बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित – Nepalboli

बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित

   १४ चैत्र २०८०, बुधबार  

बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले सूचना जारी गर्दै विशेष कारणवश बैठक एक दिन स्थगित गरिएको जानकारी गराएका हुन् ।

राष्ट्रिय सभाको आगामी बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै