प्रधानमन्त्री र काग्रेस सभापति देउवा विच गएराती भेटवार्ता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गएराती बालुवाटारमा भेटवार्ता भएका छन । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा राती १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
दुई नेताबीच एक घण्टा लामो संवाद भएको थियो । भेटमा टीआरसी विधेयक, उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
देउवाको भेट अगाडि दिउँसो कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । नेता सिटौलासँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
नयाँ गठबन्धन बनेपछि पहिलो पटक माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र सभापति देउवाबीच पहिलो पटक भेट भएको हो ।