राजनीतिमा छट्टुहरू हाबी भए- गगन थापा – Nepalboli

राजनीतिमा छट्टुहरू हाबी भए- गगन थापा

   २०८० चैत्र १३, मंगलवार  

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा आयोजित कार्यक्रममा उनले राजनीतिमा छट्टुहरुको आयु धेरै नहुने बताए ।

‘छट्टुहरु त के हुन्छ भने आउँछ लटरपटर पार्छ झुक्याउँछ, यसो रंगरोगन गर्छ, जान्छ । हामीलाई छुट्टुहरु होइन, धैर्य भएको मान्छे चाहिन्छ । गति र मति दुवै भएको मान्छे चाहिन्छ’, उनले भने ।

नेपाली कांग्रेसले पार्टीभित्रको समस्या समाधान नगर्दा उत्तेजनाको राजनीति गर्नेहरुले युवाहरुलाई प्रभावित पार्ने खतरा बढेको महामन्त्री थापाले बताए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै