गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता – Nepalboli

गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता

   २०८० चैत्र १३, मंगलवार  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय गरेर सीमापार अपराध नियन्त्रणमा दुवै पक्ष सहमत भएका छन् । राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने अपराध र मानव ओसारपसार नियन्त्रणका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाइ थियो । सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरणमा आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन भारत तयार रहेको राजदूत श्रीवास्तवले बताएका थिए ।

दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय र पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदान उपयोगका लागि प्रक्रियागत सहजीकरण गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाए ।

गृहमन्त्री लामिछाने संग आजै कोरियाका राजदुतले पनि भेटेका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै