एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान – Nepalboli

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

   २०८० चैत्र १३, मंगलवार  

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आज (मंगलबार) चीन प्रस्थान गरेका छन्। चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ। परराष्टमन्त्री नारायण काजी श्रेष्ठ समेत अहिले भ्रमणमै छन ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै