मधेस एकता समाज दोहा-कतारद्धारा होलीको अवसरमा कार्यक्रम आयोजना – Nepalboli

मधेस एकता समाज दोहा-कतारद्धारा होलीको अवसरमा कार्यक्रम आयोजना

   २०८० चैत्र १३, मंगलवार  

मधेस एकता समाज दोहा कतारले २०२४को होली उत्सव र रमादान इफ्तार को अवसरमा एक कार्यक्रम गरेको छ । कार्यक्रम समाजका अध्यक्ष शिवकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यकम महासचिव चन्द्रबीर यादवले संचालक गरो थिए भने शुभकामना मन्तव्य मनिष यादव राखेका थिए । कार्यक्रममा श्री लालबाबु साह ज्यु ,श्री तेजीलाल मन्डल ज्यू , साथै श्री विशेश्वर यादव ज्यू, श्री चन्द्रबीर यादव ज्यू द्वारा सबै पदाधिकारी ज्युहरु लाई स्वागत गरिएको थियो भने संस्था को संस्थापक डा रविन्द्र यादव ले यो संस्था लाई कसरी सुदृढ बनाउने बारे मा मन्तव्य राखेका थिए । कार्यक्रममा जोगिरा र होली गीत किर्तन मण्डली को साथै खान पानको व्यवस्था गरिएका थियो ।

श्री पवन ठाकुर ज्यु , श्री अभय ठाकुर ज्यु , श्री गौतम शर्मा ज्यु , श्री राम ह्रदय साह ज्यू , श्री कमलेश महतो ज्यू श्रीमान गंगा यादव ज्यू श्रीमान संजीव साह, श्री मान राजा साह ज्यू, श्री मान श्याम साह ज्यू श्री मान धर्मेन्द्र गुप्ता ज्यू, श्री मनिष गोस्वामी, श्री मान जयप्रकास यादव ज्यू लगायत मधेस का विभिन्न संस्थाहरुको को उपस्थिती मा मधेस एकता समाज लाई कसरी सुदृढ गर्ने बारेमा छलफल समेत कार्यक्रममा भएको थियो । कार्यक्रम लाई अन्तिम सम्बोधन सभा अध्यक्ष श्री शिवकुमार महतो ज्यू ले दिदै कार्यक्रम विसर्जन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै