हिमाल आरोहणका लागि अनुमति लिन सुरु
सगरमाथा चढ्न पहिलो दिन आठ जनालाई अनुमति
सरकारले वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ । पर्यटन विभागले अनुमति दिन थालेको पहिलो दिन सोमबार सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ८ जनालाई अनुमति दिइएको छ । उनीहरु एकै समूहका हुन् ।
विभागले सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि पनि परमिट जारी गरेको छ । पहिलो दिन कुल ४६ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
नेपालमा सामान्यतया जेठ पहिलो साता आरोहण हुने गर्छ । आरोहणको प्रमुख गन्तव्य मानिएको सगरमाथा चढ्न वसन्त ऋण मुख्य सिजन मानिन्छ ।
यो सिजन खुम्बु पासाङ ल्हामु गाउँपालिकाले हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्नेसम्मका नियम बनाएको छ ।