समाजवादी मोर्चामा एमालेलाई पनि समेट्ने – Nepalboli

समाजवादी मोर्चामा एमालेलाई पनि समेट्ने

   २०८० चैत्र ९, शुक्रबार  

चारदलीय समाजवादी मोर्चामा प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) लाई पनि समेट्नेबारे छलफल भएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकमा एमालेलाई पनि समेटेर जानेबारे छलफल भएको हो ।

मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’का अनुसार मोर्चामा एमालेलाई पनि सहभागी गराउने सन्दर्भमा मोर्चासम्बद्ध सबै दलहरूले सहमति जनाएका छन् ।

त्यसका लागि एमालेसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको संयोजक विप्लवले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन हुँदा वामपन्थ र समाजवादी कार्यक्रममा विश्वास गर्ने दलहरूको उपस्थितिमा बनेको मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी थिए ।

गठबनधन परिवर्तन भएसँगै एमालेलाई पनि समेट्ने प्रयास मोर्चाले गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै