एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार – Nepalboli

एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

   २०८० चैत्र ९, शुक्रबार  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक आह्वान गरेको छ। समाजवादीले महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक पर्सि आइतबार बस्ने गरी बोलाएको हो।

बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताए।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ।

सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल गर्ने खतिवडाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै