राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णय – Nepalboli

राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णय

   २०८० चैत्र ८, बिहीबार  

सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान आयोग थियो ।

आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै