बिआरआई बारेमा उच्चस्तरीय छलफल गर्न नौ दिने चीन भ्रमणमा जादै परराष्ट्रमन्त्री श्रेष्ठ – Nepalboli

बिआरआई बारेमा उच्चस्तरीय छलफल गर्न नौ दिने चीन भ्रमणमा जादै परराष्ट्रमन्त्री श्रेष्ठ

   २०८० चैत्र ८, बिहीबार  

नयां सत्तागठबन्धन अनुसार मन्त्रीपरिषद पुर्नगठन भएसंगै चीन संगका बिआरआई सहमती वारेमा गृहकार्य थालेको सरकारले त्यस सम्बन्धमा उच्चरस्तरीय छलफल गर्न परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाउन लागेका छन । परराष्ट्रमन्त्रीको रुपमा श्रेष्ठ आउदो आइतवार देखि आफनो विदेश भ्रमण गर्न लागेका छन । नौ दिन सम्म परराष्ट्रमन्त्री श्रेष्ठ चीनमा रह्दा त्याहा बिआरआई बारेमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ ।

काग्रेस संगको सहकार्य तोडेर एमाले संग मिलर सरकार पुर्नगठन भए संगै अर्थ मन्त्रालय र परराष्ट्रमन्लायले बिआरआई सम्झौता वारेमा गृहकार्य थालेका हुन । सरकारले आउदो जुुन भित्र बिआरआई वारेमा चीन संग नयां सहमती गर्नेगरि गृहकार्य गरिरहेका छन ।

त्यसका लागी चैत ११ देखि १९ सम्म चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री चीन जान लागेका हुन् । बेइजिङमा उपप्रधानमन्त्री श्रेष्ठले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्तासँगै दुई मुलुक बीचका विविध पक्षका बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

उक्त अवशरमा कुनै पनि विषयमा हस्ताक्षर गर्ने योजना नभए पनि द्विपक्षीय विषयमा बेल्ट एन्ड रोड इनिसियटिभको कायान्वयन योजना लगायतका विषयमा छलफल हुने परराष्ट्र स्रोतले दाबी गर्‍यो । बेइजिङमा कुटनीतिक यात्रामा व्यस्त रहने उपप्रधानमन्त्री श्रेष्ठले त्यसपछि राजनीतिक भेटवार्ता गर्ने छन् । उनी सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

सुुरुमा परराष्ट्रमन्त्री श्रेष्ठ बोआओ फोरममा नेपालको तर्फबाट सहभागी हुन चीन भ्रमणमा जान लागेको बताइएको थियो । तर बोआओ फोरममा नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्ने सम्भवता रहेको मन्त्रालयले जनाएको छ । बोआओ फोरम चैत १३ देखि १६ सम्म हुदैछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै