परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै – Nepalboli

परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

   २०८० चैत्र ७, बुधबार  

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आउदो आइतवार चीनको भ्रमणमा जाने तय भएको छ । मन्त्री श्रेष्ठ पहिलो विदेश भ्रमणका रूपमा आउँदो चैत्र ११ गते अर्थात् आगामी आइतबार पाँचदिने चीनको भ्रमणमा जाँदैछन् ।

चीनमा हरेक वर्ष हुदै आएको बोआओ फोरम फर एसियामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री सहभागिता जनाउने कार्यकम छ । उक्त कार्यक्रम चैत १३ देखि १६ सम्म हुँदैछ ।
गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त फोरममा नगएर भारतको पहिलो पटक भ्रमण गरेका थिए । दाहालले उक्त भ्रमण रद्द गरेपछि चिनिया पक्षले असन्तुष्टि व्यक्त गरेको थियो ।

चीनको हैनान प्रान्तको बोआओ शहरमा उक्त फोरम हुँदै आइरहेको छ । उपप्रधानमन्त्री श्रेष्ठको परराष्ट्र मन्त्रालय सम्हालेपछि यो नै पहिलो विदेश भ्रमण हुनेछ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै