कांग्रेस पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस – Nepalboli

कांग्रेस पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस

   २०८० चैत्र ७, बुधबार  

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका कालखण्डमा उहाँको भूमिका महत्त्वपूर्ण छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै