लोसपा केन्द्रिय समिति बैठक आज पनि जारी
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय समिति बैठक आज पनि बसीरहेको छ । महोत्तरीको बर्दीबासमा मंगलवार देखि सुुरु भएको बैठकमा ६ ओटा एजेन्डामा छलफल भईरहेको लोसपाले जनाएको छ । बैठकमा पार्टीको राजनितीक अवधारणा सम्बन्धमा नेता सवेन्द्रनाथ सुुक्लाले आफनो प्रतिवेदन प्रस्तुत गरेका छन भने पार्टीको संगठन वारेमा जितेन्द्र सोनलले आफनो प्रतिवेदन प्रस्तुत गरेका छन ।
यसैगरि पार्टीको विद्यान पुनरावलोकन सम्बन्धमा परेश्वर साह र भातृ संगठनहरुको वारेमा रामप्रवेश चौधरीले प्रतिवेदन प्रस्तुत गरेका छन । यसको साथै बैठकमा पार्टीको लेभी अवधारण र समसमायीक अवस्था वारेमा छलफल भईरहेको लोसपाले जनाएको छ ।
लोसपाले केन्द्रिय समिति बैठक गरेर पार्टीको अगामी रणनिती वारेमा छलफल गरेका छन । बैठक आज विभिन्न निर्णय गर्दै सकिने कार्यक्रम छ ।