मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्ष पक्राउ – Nepalboli

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्ष पक्राउ

   २०८० माघ ४, बिहीबार  

मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेका व्यक्ति हुन् धादिङको बेत्रावती गाउँपालिका २ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ । ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भन्दै भारतको बागडोग्रामा लगेर बेचेका थिए । २०४७ साल चैत ३ गते काठमाडौँबाट काकडभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पुर्‍याई तीन नेपाली महिलालाई उनले भारतीय नागरिककहाँ बेचेका थिए।

उनलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताए।

पीडितको श्रीमान रोजगारीका सिलसिलामा ब्रुनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनु भनी चिठ्ठी पठाएका छन् भन्दै झुक्याएर भारतमा १० हजार भारुमा बेचेको अनुसन्धानबाट खुलेको छु, पंगेनीले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै